एजेन्सी – अन्तरिक्षमा स्याटेलाइटहरुको लिंकमार्फत ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने योजना राखेको वनवेबले आफ्नो ३४ वटा स्याटेलाइटहरु यहि फरबरी ७ मा लन्च गर्ने तयारी गरेको छ।
कम्पनीले आफ्नो पहिलो चरणको स्याटेलाइट काजाकस्तानको बैकोनूर कस्मोड्रोमबाट लन्च गर्न लागेको हो। यी स्याटेलाइटहरु सो अपरेटरको ग्लोबल नेटवर्कको हिस्सा हुनेछन् जसलाई एरिएनस्पेसले लन्च गर्नेछ।
वनवेबले काजाकस्तानमा ब्रोडब्याण्ड स्याटेलाइट नेटवर्क बनाउनका लागि इन्टरनेशनल फाइनान्स सेन्टर एस्टाना कन्सर्निङ्ग डेभलपमेन्टसँग यहि जनवरीको अन्त्यमा सम्झौता गरेको थियो। यसका साथै वनवेबबाट मध्य एशियामा उपलब्ध गराउने सेवाको लागि हबको रुपमा पनि घोषणा गरेको थियाे।