काभ्रे – काभ्रे जिल्लाको चौरीदेउराली गा.पा. ७ मा आज(बिहिबार) तामाङ् समाज नेपालको पहिलो ऐतिहासिक भेला सम्पन्न भएको छ। पूर्व कोरियको राजदुत समेत रहेका कमान सिंहले आफ्नो कुल पूजाको अवसर पारेर उक्त कार्यक्रमलाई आयोजना गरेका हुन्।
कमान सिंह लामाको संयोजकत्वमा रहेको कार्यक्रममा देशको विभिन्न भु–भागमा छरिएर रहेका तामाङ् जातिहरु बाल, बृद्ध, महिला, पेशाकर्मी बुद्धिजिवि लगायत सबैको उपस्थिति रहेको थियो।
कतिपय (सिङ्तान) तामाङ्हरुलाई आफ्नो कुलको बारेमा थाहा नभएको कारण उक्त कुराको जानकारीको लागि यो भेलाको आयोजना गरेको उनले बताएका छन्। नेपालका विभिन्न जिल्लाहरु सिन्धुली, ओखलढुङ्गा, नुवाकोट, धादिङ्, मोहत्तरी, काठमाडौं, भक्तपुर र ललितपुरबाट करिब ७,८ सय मानिसहरुको उपस्थिति रहेको थियो।
यो अवसर जुटाउन एकदमै गाह्रो भएको थियाे कुल पूजाको अवसरले गर्दा सहज भएको लामाले जनाए। कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम र तामाङ् सेलो गीतहरु गाउँदै बालबालिकादेखि बृद्धहरु सबै रमाएका थिए। यसभन्दा पहिले अनौपचारिक रुपमा मात्र भेला भएको थियो, तर अब भने प्रत्येक बर्ष यो राष्ट्रिय भेलाको आयोजना हुने पनि उनले बताए।