एजेन्सी– स्पेनिस नकआउट प्रतियोगिता कोपा डेल रे कपमा आज राती क्वाटरफाइनल अन्तर्गत दूई रोमाञ्चक खेल हुँदै छ। जसमा एक खेल बार्सिलोना र बिल्बोओको भिडन्त सवैभन्दा आकर्षक हुनेछ। सेमिफाइनल पुग्न बार्सिलोना बिल्बोओको घरेलु मैदानमा उत्रिदै छ।
हाल लिगमा बार्सिलोना २२ खेल खेलेर ४६ अंक सहित लिगको दोस्रो स्थानमा छ। बर्सिलोना लिग लिडर रियल मड्रिडभन्दा ३ अंकले पछि परेको छ। बिल्बाओ समान खेल पछि ३१ अंक जोडेर नवौं स्थानमा छ। आज बिल्बाओको घरेलु मैदान मेमेजमा उत्रिदा बार्सिलोनालाई दबाब हुनेछ। किनभने बार्सिलोना पछिल्लो समय कमजोर अवस्था बाट गुज्रिरहेको छ। यता बिल्बोओ त्यसैपनि बार्सिलोनाको प्रतिस्पर्धी होइन्। उसले यो सिजन ला लिगाको पहिलो खेल मा बार्सिलोनालाइ घरेलु मैदानमा १–० ले हराएको थियो।
आज बिल्बाओ घरेलु मैदानमा हुने खेलमा बार्सिलोना सँग यस अघिको कथा दोह¥याउने छन। तर बार्सिलोना भने बिल्बोओसँग ला लिगाको पहिलो हारको बदला कपको क्वाटरफाइनलमा लिने दाउसहित सान मेमेज पुगेको छ।
आज बार्सिलोनाको टोलीमा सबै प्रमुख खेलाडी हुनेछ। कप्तान लिओनल मेसी र एन्टोनी ग्रिजम्यानसहितका खेलाडी आक्रमक रुपको लयमा खेल्ने छन्। गोलपोस्ट मार्क आन्द्रे टर स्टेगेनले समाल्ने छन्। खेल नेपाली समय समय अनुसार १ः४५ बजे बाट सूरु हुनेछ।