काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन्।
बुधबार मात्र अख्तियारले गच्छदारसहित १ सय ७५ जनामाथि मुद्दा दायर गरेको थियो। राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ।
तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने यो मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताए। मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने, ‘आरोप र पूर्वाग्रह स्वीकार गर्नु पर्दैन। तथ्य त स्वीकार गर्नुर्पयो नि। तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुर्पयो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्यो। फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन।’
‘दोषी ठहर हुनुभयो हाम्रो के लाग्छ र ?’ उनले अघि भने।