एजेन्सी – भारतीय टायर निर्माता कम्पनी जेके टायरले एक प्रकारको अनौठो साइबर टायरको विकास गरेको छ। कम्पनीले आधुनिक प्रविधिको सेन्सरको मदतले टायरको रियल टाइममा स्थितिको जानकारी गराउने स्मार्ट टायरको निर्माण गरेको हो।
टायरलाई सुरक्षित बनाउनुका साथै सवारी साधनको पर्फमेन्स पनि बढाउँन सहयाेग गर्ने यो टायर भारतमा पहिलो पटक बनेको हो। सो स्मार्ट टायरमा लगाइएको सेन्सरले टायरको निगरानी बढाउनुका साथै यस सम्बन्धि आवश्यक जानकारी दिन्छ। यसबाट टायरको तत्कालीन स्थितिबारे गाडी धनीलाई स्मार्टफोनमा जानकारी दिइरहन्छ।
जेके टायरले हालै ट्रिल मोबिलिटी सोलुशनबाट ट्रिल सेन्सर प्रविधिलाई अधिग्रहण गरेको छ र यही प्रविधि टायरमा प्रयोग गरेको छ। कम्पनीका अनुसार यसमा टायर दबाव निगरानी प्रणाली राखिएको छ। यसले टायरको तापक्रम र अन्य जानकारी ग्राहकलाई स्मार्टफोनमा दिइरहन्छ।
यसबाट टायर सम्बन्धी सबै समस्याको समाधान गर्न सहयोग पुग्ने कम्पनीकाे दावी छ। पहिले नै टायरकोबारेमा सबै जानकारी हुने भएकाले यो निकै नै उपयोगी प्रविधि मानिएको छ।