नवलपरासी– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियु पश्चिम नवलपरासीको एकता टुङ्गिएको छ। साबिक अनेरास्ववियुका जिल्ला अध्यक्ष शुशान्त शर्मा घिमिरे संयोजक र अनेरास्ववियु –क्रान्तिकारीका विशाल गिरी सहसंयोजक रहनेगरी अनेरास्ववियु नवलपरासीको ५१ सदस्यीय जिल्ला कमिटी बिहीबार घोषणा गरिएको छ।
सङ्गठनका गतिविधि व्यवस्थित गर्न सात सदस्यीय कार्यालय गठन गरिएको छ जसमा जिल्ला संयोजक घिमिरे, सहसंयोजक गिरी तथा सदस्यमा निरज पौडेल, सञ्जय मौर्य, मनोज कुँवर, अस्मिता क्षेत्री र सन्देश कोइराला रहेका छन्। अनेरास्ववियुले जिल्लाका सातवटै स्थानीय तह कमिटीको पनि संयोजक र सहसंयोजक टुङ्ग्याएको जनाएको छ।
जिल्ला संयोजक घिमिरेका अनुसार सुनवल नगरपालिकाको संयोजकमा निरुता गैरे, सहसंयोजकमा ज्ञानप्रसाद न्यौपाने, रामग्राम नगरपालिकाको संयोजकमा सन्देश न्यौपाने र सहसंयोजकमा सन्दीप बर्मा, बर्दघाट नगरपालिकाको संयोजकमा अर्जुन सूर्यवंशी र सहसंयोजकमा सागर काफ्ले चयन भएका छन्।
सरावल गाउँपालिकाको संयोजकमा इन्द्रप्रसाद चौधरी, सहसंयोजकमा उमा चौधरी, सुस्ता गाउँपालिकाको संयोजकमा मिलन सुवेदी, सहसंयोजकमा कमल ढकाल, पाल्हीनन्दन गाउँपालिकाको संयोजकमा अब्बास धोबी, सहसंयोजकमा जागिर अलि अन्सारी तथा प्रतापपुर गाउँपालिकाको संयोजकमा अजय हरिजन र सहसंयोजकमा सुभान अलि धुनिया चयन भएका छन्।
एकतापछिको अनेरास्ववियुको जिल्ला कमिटीमा मनोज कुँवर, निरज पौडेल, सञ्जय मौर्य, सन्देश कोइराला, अस्मिता क्षेत्री, सुजन ढकाल, भगवतीप्रसाद यादव, भगवानदास हरिजन, विन्द्रेश हरिजन, विपिन हरिजन, हीरालाल विश्वकर्मा, सन्दीप सुनार, नगेन्द्र चौधरी, रघु चौधरी, भुपाल शर्मा, अजय हरिजन, दामोदर देवकोटा, अर्जुन सुर्यवंशी, गोपाल सापकोटा, लिलामणी पाण्डे, शर्मिला पाण्डे, ईन्द्रप्रसाद चौधरी, देवी तिवारी, सुमन भण्डारी, दीपेश सिग्देल, सोभित हलुवाई सदस्य रहेका छन्।
यसैगरी कमल खरेल, सुभान अलि धुनिया, नवीन थारू, पवन भट्टराई, सन्दीप बर्मा, कमल ढकाल, सुनिता गौतम, मिलन सुवेदी, सन्देश न्यौपाने, लोकराम चौधरी, सुशील पन्थी, दीपेन्द्र गुप्ता, सुदीप पुरी, जागिर अलि अन्सारी, सागर काफ्ले, सुस्मिता ज्ञवाली, पदम पौडेल, सुरज भुसाल, भरतमान श्रेष्ठ, निरुता गैरे, अब्बास धोबी, इन्दिरा विश्वकर्मा र अनिता अधिकारी पनि जिल्ला सदस्यमा चयन भएको जिल्ला सहसंयोजक गिरीले बताएका छन्।एकताले पूर्णता पाएसँगै अब स्ववियू निर्वाचनमा केन्द्रित हुने र नवलपरासीको विद्यार्थी आन्दोलनलाई नेतृत्व गर्दै आम विद्यार्थीको हकहितका लागि लड्ने जिल्ला संयोजक घिमिरेले बताएका छन्।
नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले आसन्न स्ववियु निर्वाचनमा सबै क्याम्पसमा विजयी हुने ढङ्गले अगाडि बढ्न निर्देशन दिएका छन्। पार्टीका जिल्ला सचिव तुलसी पासी, अनेरास्ववियुका केन्द्रीय सदस्य अमित खड्का लगायतले विद्यार्थीको पक्षमा एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन्। रासस