काठमाडौं - पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएमसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुने टिप्पणी गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन्।
उनले भने,‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अन्तिम चरणमा पुगेका छन्। नेपाल सरकारले पनि छिट्टै सञ्चालनमा आउने घोषणा गरेका छन्। यस्तो अवस्थामा ती दुवै विमानस्थल चलाउनको लागि हामीलाई दक्ष जनशक्ति तयार पार्नुपर्छ। म सरकारलाई यही सुझाव दिन्छु।’
उनले एयरपोर्ट बनाएरमात्रै नहुने बताउँदै सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तर अर्थात सम्बन्धित निकायबाट सञ्चालन अनुमति प्रमाणपत्रपनि पाउनुपर्ने सुनाए। ‘यसको लागि नेपाल सरकारले अहिलेम्म कुनै पहल गरेको छैन्। हामीलाई विमानस्थल चलाउनको लागि दक्ष जनशक्ति चाहिन्छ, खोई हामीले जनशक्ति उत्पादनको लागि तालिममा पठाएको ? यदि साँच्चिकै सरकारले मसँग यसको लागि सहयोग माग्छ भने म सहयोग गर्न तयार छु। तर, म अब मन्त्रालयको ढोका ढकढकाउन जाँन्न।’
उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि नेपाललाई एयरपोर्ट म्यानेजर, फायर फाईटर, राडार अपरेटर, एटिसी कन्ट्रोल ईनिजयिनर, जेट ब्रिज अपरेटर, अध्यागमन र विमानस्थलको सुरक्षा, मौसम पूर्वअनुमानको ईन्जिनियर, ब्यागेज ह्याण्डलिङ गर्ने कर्मचारी, ग्राउण्ड सर्भिस वर्कस, ट्याक्सी ड्राईभर, ट्राफिक ईन्जिनियर, नितान्त प्राविधिक कर्मचारीहरु नराख्ने बेलासम्म आईकाओले विमानस्थल सञ्चालन गर्ने अनुमति नदिने पनि सुनाए। उनले भने,‘नेपाल सरकारले अहिलेसम्म यी काम नगर्नु दुःखद् हो।’
उनले विश्वका अन्तर्राष्ट्रिय विमानस्थल जहिल्यैपनि नाफामा हुने सुनाउँदै पोखरा र भैरहवा नाफामा नजाउन्जुलेसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउ खोज्नु राज्यको सम्पत्ति दुरुपायेग हुनुमात्रै भएको टिप्पणी गरे। ‘अहिले नेपालमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको र सञ्चालनको मुखमा छन्। यी दुवै विमानस्थल सञ्चालनको लागि दक्ष जनशक्तिस्म्म उत्पादन गर्न नसक्ने मन्त्रालयले निजगढ बनाउँछु भन्दै हिँड्नु कहाँसम्म न्योयोजित हो ? वैज्ञानिक र वस्तुवादी हो ? म प्रश्न गर्न चाहन्छु।’
दुवईमा बस्ने नेपालीहरु कतार, साउदी र ओमानका विमानस्थलमा कर्मचारीको रुपमा कार्यरत रहेको कँडेलले सुनाए। ‘मिडल ईस्टको एभिएसन सेक्टर संसारकै उत्कृष्टमध्ये एक हो। यु.ए.ई उच्च स्थानमा छ। यी सबै देशमा नेपालीहरु काम गरिरहेका छन्। तिनीहरुलाई स्वदेशमा बोलाएर काम गर्ने वातावरण बनाउनुपर्छ। तर, उनीहरुलाई ईन्टरनेश्नल स्टाण्डर्डको तलब सुविधा दिनुपर्छ।’
उनले कर्मचारीहरु राख्दा आईकाओको मापदण्डअनुसार राखिनुपर्ने पनि तर्क गरे। यसतर्फ नेपाल सरकारले ध्यान दिओस्। यदि राखेन भने आईकाओले सञ्चालन अनुमति दिँदैन्।’ कँडेलले दक्ष जनशिक्त उत्पादनको लागि आफूले राज्यलाई सघाउने बताउँदै कोही नेपालीहरुले चाहेमा एभिएसन तालिमको लागि नाम कमाएका दुवई र क्यानडाजस्तो देशमा निःशुल्क पठाईदिने पनि घोषणा गरे।