काठमाडौं - भ्रष्टाचार विरोधीअभियन्ता ज्ञानेन्द्र शाहीले अमेरिकी सहयोग मिलेनियमच्यालेन्जकर्पोरेशन (एमसीसी) पारित भएमुलुक नै नरहेन भन्दै त्यसविरुद्वनागरिक आन्दोलनको घोषणा गरेका छन्।
बिहीबार रिपोर्टर्सक्लब नेपालमापत्रकार सम्मेलन गरेर एमसीसीविरुद्वनागरिक आन्दोलनको घोषणा गरेका हुन्। एमसीसीपारित भएमुलुक नै रहँदैन, शाहीले भने, ‘राष्ट्रघाती एमसीसीविरुद्ध नागरिक आन्दोलन शुरु भयो।’ माघ २५ गते शनिबार बिहान ११ः३० बजे माइतीघर मण्डलामा आन्दोलनमा सहभागीहुनआग्रह समेत गरे। सम्पूर्ण नेपालीनागरिक सडकमा उत्रिएमाएमसीसीपारित नहुने बताए।
देशबचाउनकालागिपनिएमसीसीपारित हुनदिननहुने बताए। प्रजातन्त्रवादी र गणतन्त्रवादीहरुलाई एकजुट भएर आन्दोलनमा सहभागीहुनआग्रह गरे। विगतमा राजाहरुले विदेशीशक्तिलाई नेपालमा हस्तक्षेप गर्न रोकेको भन्दै अहिलेका नेताहरुले आर्थिक प्रलोभनमा परेर हस्तक्षेप निम्त्याएको आरोप लगाए। शाहीले भने, ‘अहिलेका भ्रष्ट नेताहरुले केही पैसाको लोभमाएमसीसीपारित गराउनखोजेका छन्।’
उनले प्रधानमन्त्री समेत रहेका सत्तारुढ दलकाअध्यक्ष केपीशर्मा ओली, नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पोडेल समेत एमसीसीलाई परित गर्न सक्रिय रहेको बताए। एमसीसीको रकमगलतनभएपनित्योसँगै आउने नीतिनियम र केहीबुँदाहरु परिमार्जन गर्न जरुरी रहेको बताए। एमसीसी परित भए सम्पूर्ण नेपाली असुरक्षीतहुने उनको तर्क थियो।
एमसीसीलागू गर्न खोजिएमुलुकमध्यपूर्व जस्तै ध्वस्तहुने भन्दै यसबाट सचेत हुनआग्रह समेत गरेका छन्। नेपाली सेना, नेपालप्रहरी समेतलाई आन्दोलनमा सहभागीहुनआग्रह गर। प्रधानमन्त्री, सांसद र जनप्रतिनीधीहरुको कार्यकालमाखर्च हुने रकमको १० प्रतिशतमात्रजोगाएयसले एमसीसीको रकमभन्दा ठूलो रकम स्वतःहुने बताए। एनसेलले तिर्न पर्ने सम्पूर्ण कर उठाए रकमआउने उनको भनाई थियो।
एमसीसीको नीतिप्रत्येक देशकालागि छुट्टाछुट्टै रहेका समेत बताए। श्रीलंकामाएमसीसीको कानुन राष्ट्रिय कानुनभन्दामाथि नरहेको बताए। तर नेपालमालागू हुने एमसीसीको कानुन राष्ट्रिय कानुनभन्दामाथि रहेको जसले कुने पनिखतरा आएमाएमसीसीले आफ्नो सुरक्षाआफै गर्ने प्रावधान रहेको बताए। एमसीसी अमेरिकन गैर सरकारी संस्थानभई सरकारी संस्था रहेका उनको भनाई थियो।
उनले भने, ‘एमसीसीमा अमेरिकाले आफ्नो सुरक्षाकालागिआफ्नै सेना समेत ल्याउन सक्ने व्यवस्था रहेको छ।’ अमेरिकाले आफै तहल्कामचाएर असुरक्षाभयो भन्दै आफ्नो सेना ल्याउने नितीबनाएको बताए। एमसीसी इन्डो प्यासिफीकको रणनिती रहेका स्पष्ट पारे। २५ गते नेपाल र अमेरिकाबीचहुने एकदिवसीय खेलमा सहभागीहुने दर्शकलाई एमसीसीको विरुद्वमाबोर्डमा लेखेर लैजानआग्रह गरे।
यसैगरी ललितानिवास जग्गाप्रकरणका मुख्यदाषीलाई उम्क्याइएको समेत बताए। शाहीले भने, ‘सम्पूर्णं चोरहरुलाई खोरमाजाक्नअख्तियारलाई आग्रह गरे।’