काठमाडौं– कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन्।
सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो।
तीन वर्षको प्रयासपछि कम्पनीले दिनुपर्ने ९० लाख रुपैयाँ पीडित युवाले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जाँदाजाँदै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।
लामो समय तलब नपाइ फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता प्रमुख रहेको पीडितले बताएका छन्।यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।