एजेन्सी– ब्रिटिश रोयल सोसाइटी एक पब्लिक हेल्थले प्रकाशित गरेको रिपोर्टले मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ।
उक्त संस्थाले चेतावनी दिँदै भनेको छ, ‘स्वास्थ्यका लागि हात, लुगा र भुइँ सही समयमा सफा गरिरहनु पर्छ।’ सही समयमा सही काम गर्न सकेमा सङ्क्रमण कम हुने बताइएको छ।
स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुराहरु
– खानाको तयारी र खाना व्यवस्थापन
– हातले खाना खानु
– शौचालय प्रयोगपछि साबुन पानीले हात धुनु
– घरका फोहोर लुगा र ओढ्ने ओच्छ्याउने लुगाको सरसफाइ र व्यवस्थापन
– घरपालुवा जनावरको रेखदेख,
–घरको फोहोर व्यवस्थापन, सङ्क्रमित परिवारका सदस्यको रेखदेख
शौचालय प्रयोग गरिसकेपछि, खोकेपछि, हाछ्युँ गरेपछि, अनि बिरामी मानिसको सेवा गरेपछि हात धुनु अति आवश्यक रहेको रिपोर्टले जनाएको छ। भान्छाको भुइँ र मासु काटिसकेपछि काट्न प्रयोग गरिएको सतह अर्थात् (चपिङ बोर्ड) सफा गर्नु अति आवश्यक हुन्छ।
त्यसैगरी स्यान्डविच र खाजा बनाउनु अघि चपिङ बोर्ड सफा गर्नुपर्छ र फोहोर सफा गरिसकेपछि भाँडा माझ्ने वस्तु र ब्रसहरू सफा गर्नुपर्छ। भुइँ र फर्निचर फोहोर देखिन सक्छन् तर तिनमा रहेका सूक्ष्म जीवाणुले स्वास्थ्य खतरामा भने पार्दैनन्।
सरसफाइले ब्याक्टेरिया कसरी हटाउँछ?
भुइँ, भाँडाहरू तातोपानी वा साबुनपानीले धुँदा ब्याक्टेरियाहरू पखालिएर ढलमा पुग्छन्। स्ट्यान्डर्ड एजेन्सीका अनुसार ब्याक्टेरिया मार्न भने ७० डीग्री सेल्सियस भन्दा माथिको तातो पानी चाहिन्छ।
कस्ता उत्पादन प्रयोग गर्ने?
धेरैजसो सफाइमा प्रयाेग गरिने दुइ प्रकारका वस्तु छन् र तिनले फरक फरक काम गर्छन्।
साबुनजन्य वस्तु (डिटर्जेन्ट)– भुइँ सफा गर्छन् र चिल्लो फाल्छन् तर तिनले ब्याक्टेरिया मार्दैनन्। किटाणुनाशक ब्याक्टेरिया मर्छ। तर चिल्लो सतह र देखिने फोहोरमा त्यति प्रभावकारी हुँदैनन्।
स्यानिटाइजर्स– सफाइ र जीवाणु मार्न प्रयोग गर्न सकिन्छ। शुरुमा कुनै फोहोर खाद्यान्न या चिल्लो फाल्न स्यानिटाइजर प्रयोग गर्ने र त्यसपछि सफा सतहमा किटाणु मार्न प्रयोग गर्ने गरिन्छ। (बिबीसी)