एजेन्सी– हामीले खाने फलफूलहरुले धेरै किसिमको फाइदा दिइरहेका हुन्छन्। तर फलफुलले हामीलाई शक्ति दिन्छ र स्वस्थ्य पनि बनाउन मद्दत गर्छ। यसले सुन्दरताका लागि निकै फाइदा गर्दछ। जस्तैः
स्याउ– स्याउमा एन्टिअक्सिडेन्टको गुण हुन्छ। यसले अनुहारलाई बलियो र रक्तसञ्चारमा महत्त्वपूर्ण भूमिका खेल्छ, साथै यसमा ‘फ्रुट एसिड’ हुन्छ, जसले अनुहार सफा राख्छ। हरेक दिन स्याउको रसलाई अनुहारमा लगायो भने यसले सुन्दर बनाउँछ।
केरा– केरामा पोटासियम र भिटामिन सी हुन्छ। यसलाई फेस र हेयर प्याक दुवैका रुपमा प्रयोग गर्न सकिन्छ। केरालाई मुछेर अनुहारमा लगाएर केहीबेरपछि पानीले सफा गर्दा अनुहार चम्किलो हुन्छ।
मेवा– यसमा भिटामिन ए, बि, सि, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट हुन्छ। मेवामा पपेन नामको एन्जाइम हुन्छ, यसले अनुहारमा मरेको कोशहरूलाई हटाउँछ।
कागती– कागतीमा भिटामिन सि र मिनरलको मात्रा बढी हुन्छ। कागतीलाई जहिले पनि पानीमा मिसाएर प्रयोग गर्नुपर्छ। लगातार कागतीको प्रयोग गर्दा भने अनुहार सफा र गोरो हुन्छ।