कास्की – पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीको अनुसार बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको हो।
दीपक र अप्सरा विकले खेल्न गएकी छोरीछोरी घर नफर्किएपछि साँझ खोजी गरेका थिए। जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँ नजिकैको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले जानकारी दिए।
प्रहरी र स्थानीयवासीले चितुवाको खोजी गरिरहेका छन्। तर फेला भने पार्न सकेका छैनन्। यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको खबर आइरहेको छ।