एजेन्सी– इजरायली सेनाको हवाइ हमलामा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग पुर्याएको आशंकामा गरेको हवाइ हमलामा मारिनको संख्या चार पुगेको हो।
सर्वसाधारणले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गर्नुपरेको इजरायली सेनाले दावी गरेको छ। मारिनेमा विद्यार्थी र एक जना प्रहरी समेत रहेको बताइएको छ।
इजरायली सेनाले भने आतंककारीहरुले विस्फोटक पदार्थ भरिएका उपकरणमार्फत आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको स्पष्ट पारेको छ। यसैबीच इजरायलले वेस्ट बैंकमा थप एक हजार जना सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ।
इजरायली सेना थपिएपछि हिंसाका घटना बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।