एजेन्सी– चस्मा लगाउनु फेशन मात्र होइन, यो हाम्रो आँखाको सुरक्षा कवच पनि हो। चस्माले धुँवा, धुलो तथा घामबाट यसले हाम्रो आँखालाई सुरक्षित राख्दछ।
त्यसैले घाममा लगाउने चस्माले हामीलाई बाहिर हिँड्दा आइपर्ने आँखाका समस्याहरुलाई रोक्न मद्दत गर्छ भने, धुवा, धुलो छेक्न मात्र नभई चस्माले हाम्रो सुन्दरतालाइ पनि बढाउँछ। हामीले लगाउने चस्मा किन्दा सधैं यसको गुणस्तर हेरेर किन्ने गर्नुपर्छ। चस्माको गुणस्तर पत्ता लगाउन सक्नुपर्छ।
यसले हाम्रो आँखालाई कति सुरक्षित गर्छ भन्ने कुरा पनि बुज्न जरुरी हुन्छ। आँखाको सुरक्षाका साथ–साथै यसले हाम्रो सुन्दरतामा पनि महत्व दिने भएका कारण, हामीले चस्माहरु किन्दा आफ्नो अनुहारको आकार अनुसार किन्नु राम्रो हुन्छ। त्यसैले अनुहारमा कस्तो चस्मा सुहाउँछ, त्यही अनुसार हामीले चस्मा लगाउँदा सुन्दरतामा पनि निखारता ल्याउनमा यसले मद्दत गर्दछ।