बाग्लुङ– बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका १ बोंगादोभानमा जन्ती बोकेर गएको ग १त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका-३ बुलबुलेमा दुर्घटना भएको हो।
दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये म्याग्दीको मालिका गाउँपालिका २ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ।