एजेन्सी– जो कोहीको ध्यान सबैभन्दा पहिले मानिसको अनुहारमा पर्ने गर्छ। किनकी, अनुहार व्यक्तिको पहिलो आकर्षण हो। हामीले हाम्रो अनुहारको छालालाई लिएर अतिरिक्त हेरचाह गर्ने गर्दछौं।
त्यसैले अनुहारमा सानो दाग धब्बाले पनि मानिसलाई ठूलो तनाव दिने गर्छ। आजभोली दागधब्बाबाट छुटकारा पाउनको लागि बजारमा पाइने सौन्दर्य सामग्री र औषधीको प्रयोग धेरै मानिसले गर्ने गरेको पाईन्छ। त्यस्ता सामानहरु प्रयोग गर्दा केही समय दागधब्बा हराएपनि छालामा नकारात्मक असर गर्छ।
किनभने, त्यसमा प्रयोग गरिएको रसायनले गर्दा स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ। त्यसैले अनुहारको छाला राम्रो बनाउनको लागि घरेलु तथा प्राकृतिक सामान प्रयोग गर्नु नै उत्तम हुन्छ। ती सामग्रीहरुको लागि धेरै खर्चिनु पर्दैन। निमको पातमा एन्टीसेप्टीक गुण हुन्छ।
सौन्दर्य प्रसाधनका सामग्रीमा पनि निमको पातको प्रयोग गरिएको हुन्छ। निमको पातले अनुहारको दाग धब्बा, डण्डीफोर हटाएर अनुहार सफा बनाइदिन्छ। निमको पातमा टमाटर र काँचो दुध मिलाएर लगाउनाले अनुहारको छालामा अझ राम्रो प्रभाव पर्छ।
टमाटर र दुधले अनुहारको छालामा चिल्लोपनालाई सन्तुलन बनाइदिनुका साथै छालामा चमक ल्याइदिन्छ। निमको पात, टमाटर र दुधको पेस्ट बनाएर अनुहारमा लगाई पेस्ट सुकेपछि मात्र पखाल्नु पर्दछ। पेस्ट लगाउँदा अनुहार राम्रो सँग सफा गरेर लगाउनुपर्छ र लगाउँदा हात पनि सफा हुनुपर्छ। यसले अनुहारको चाउरीपना पनि हटाइदिन्छ।