काठमाडौं– स्वास्थ रहनको लागि अनुशासित दिनचर्या आवश्यक हुन्छ। हामी स्वास्थ्यसँग धेरै खेलबाड गर्छौं। मनलाग्दो जीवनशैली अपनाउँछौ।
रोग लागेपछि मानसिक र शारीरिक रुपले गल्दै जान्छौ। थाक्दै जान्छौँ। कमजोर हुन्छौँ। जाँगर हराउँछ। स्वस्थ्य जीवनका लागि अनुशासित दिनचर्याको पालना गर्नुपर्छ।
व्यक्तिगत प्रयासहरु
१. समयमा सुत्ने, व्यायाम गर्ने, दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिले बिहान शारीरिक श्रम गर्नैपर्छ।
२. पाचन तन्त्रलाई स्वस्थ्य राखेर निरोगी हुन सकिन्छ। समयमा पौष्टिक आहार लिनुपर्छ।
३. खाना खाएको समयमा पानी नपिउने। खाना खएको आधा घण्टा पछि मात्र पानी पिउने।
४. गर्मीबाट आउनसाथ चिसो पानी नपिउने। कुलर वा एसीको हावामा नबस्ने।
५. मनलाई शान्त राख्नका लागि ध्यान एवं योगको सहारा लिने। मनलाई शान्त गर्ने।
६. दिनभरको कुरालाई भुलेर सुत्ने अभ्यास गरौं।
७. स्वास्थ्य जाँच गरौं। खासगरी चालिस बर्षपछि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। औषधी नियमित रुपले सेवन गरौं, मनोरञ्जन गरौं, खुसी रहने प्रयास गरौं।
८. आधा घण्टाको तालिका तयार गरौ। योग मुद्रा बदल्दै योग गरौं। लिफ्टको ठाउँमा सिंढी प्रयोग गरौ। एकै स्थानमा लामो समय नबसौ। आधा घण्टा बसेपछि यताउता हिँड्ने, जिउ तन्काउने गरौं।
खानपानमा ध्यान दिनेकुराहरु
१. जंक फूड, कोल्ड ड्रिंक खानेकुरा सेवन नगरौं। तारेको, भुटेको, मसलेदार खानेकुरासेवन नगरौ। यस्तो खानेकुराले पाचन प्रणालीलाई बोझिलो बनाउँछ। राती आठ बजेभन्दा पछि खाना खानु हुँदैन। राती हल्का भोजन गरौं।
२. खाना पकाउनका लागि सोयाबिन, सन फ्लावर आदिको तेल प्रयोग गरौ। खानामा चिनी र नुनको मात्रा नियन्त्रण गरौं।
३. ताजा सब्जी र फल सेवन गरौ।
४. सलाद, दुध, दही, दाल, हरियो सागपात, अन्न आदिको सन्तुलन मिलाउनुपर्छ।
५. तेल वा मसलाले बनेको खानेकुरा सेवन गर्नु हुँदैन। खाना सही आँचमा पकाउनुपर्छ। लामो समय सागसब्जी पकाउँदा त्यसको पोषक तत्व नष्ट हुन्छ।