काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। बिहीबार तोलामा ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदी तोलामा तोलामा ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार चाँदी तोलामा ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।