एजेन्सी– जीवनशैली र खानपानका कारणले गर्दा उमेर नपुग्दै केश फुल्ने समस्या बढ्दो छ। उमेर नपुग्दै केश सेतो हुदाँ मानिसहरू विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्दछन्।
यसले तत्कालका लागि केश कालो बनाए पनि त्यो क्षणिक मात्र हो। यस्ता सामग्रीमा पाइने रसायनले कपाललाई हानि गर्छ। त्यसैले यसको समाधान प्राकृतिक रूपमा खोज्नुपर्छ। आफ्नै भान्सामा पाइने वस्तुबाट कपाल कालो पार्ने विधि अपनाउनुपर्छ।
यस्ता छन् कपाल कालो बनाउने उपाय
– कपालमा नियमित बदाम र नरिवलको तेल लगाउने। कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत यसले मद्दत गर्छ, नरिवलको तेलमा कागतीको रस मिसाएर केशमा मसाज गर्ने । यसरी मसाज गरेको एक घण्टामा धुने।
– अमलाको रस निरन्तर कपालमा लगाउने गरे पनि सेतो कपाल कालो हुन्छ, कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ। साथै केश स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम (आइरन), कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानु पर्दछ।