काठमाडौं– बालबालिकाले चकचक गर्नु सामान्य हो। बढी चकचक गर्न थाल्यो भने उसलाई कुनै समस्या छ भन्ने बुझ्नु पर्छ। कुनै समस्या भएमा चकचक गरी हिँडिरहनु पर्ने, जिस्कनु पर्ने, अरुको कुरामा ध्यान नजाने, रिसाउने, झगडा गर्न खोज्ने हुन्छ। ७ वर्षको उमेरबाट यस्ताे समस्या देखिन थाल्छ।
यसको लक्षण
१. अरुको कुरा नसुन्ने
२. वातावरणबाट छटपटी हुने
३. एउटै ठाउँमा बसिरहन नसक्ने
४. एउटा ठाउँबाट अर्को ठाउँमा हिँडिरहने
५. धेरै बोल्ने
६. सोच्दै नसोची काम गर्ने
बालबालिका बढी चकचके हुनुका कारण
बच्चा जन्मँदा लामो प्रसव पीडा, टाउकोमा सूक्ष्म रुपमा हुने चोट, रसायनको गड्बडी र घरमा हुने अस्वस्थ वातावरण कोलाहल आदि यसका कारण हुन्। यस्तो समस्याको उपचारका लागि एम्फेटामिन, मिथाइल फेनिडेट जस्ता औषधि प्रयोग गरिन्छ। मनावैज्ञानिक उपचारको महत्व बढी छ।