एजेन्सी– रजनीकान्तको प्राय सबै फिलमले राम्रो व्यापार गर्ने गरेको छ। उनले खेलेका फिल्मले लगानीभन्दापनि बढी कमाउने गर्छन्। तर जनावरीमा रिलिज भएको फिल्म ‘दरबार’ ले भने लगानी उठाउन सकेको छैन। लगानी नउठान नसकेपछि फिल्म विवादमा परेको छ।
यो फिल्मका वितरकहरुले मेकर ए आर मुरुगादाससँग रिफन्डको माग गरेका छन्। रजनीकान्तको यो फिल्मबाट धेरै नै घाटा परेको वितरकहरुले जनाएका छन्। वितरकहरुले सुपरस्टार रजनीकान्त, लायका प्रोडक्सन र ए आर मुरुगादासविरुद्ध उजुरी हालेर मुआब्जा दाबी गरेका छन्।
केही दिन पहिले केही वितरकहरु रजनीकान्तको घरमा पुगेका थिए। तर त्यहाँ सेक्युरिटीले फिर्ता पठाइदिए। एक वितरकले आफूहरु भोक हडतालमा जाने बताएका थिए। फिल्ममेकर मुरुगादासलाई धम्की पनि आउन थालेको छ। उनले धम्की आएको भन्दै प्रहरीको सुरक्षाको माग गरेका छन्। उनले आफ्नो घरबाहिर प्रहरी राख्न समेत अनुरोध गरेका छन्।
रजनीकान्तको ‘दरबार’मा १ सय ३० करोड भारु लगानी परेको छ। यसमध्ये आधा बजेट रजनीकान्तको पारिश्रमिक थियो। यो फिल्ममा रजनीकान्त २७ वर्षपछि प्रहरीको भूमिकामा देखिएका थिए।