एजेन्सी – गुगल म्याप्सले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा म्याप्सको नयाँ आईकन सार्वजनिक गरेको छ।
नयाँ आईकनका साथ कम्पनीले म्याप्सलाई नै रिडिजाईन गरेको छ। गूगल म्याप्समा अहिले केहि फिचर्सहरु रिडिजाइन भएको हो। नयाँ आईकनलाई गुगलको कलरसँग मिल्ने गरि बनाइएको छ भने उक्त आइकनको ब्याकग्राउन्ड सेतो राखिएको छ।
उक्त नयाँ आइकोन एन्ड्रोएड र आईओएस प्रयागकर्ताहरुले नयाँ अपडेटसँगै पाउने कम्पनीले जनाएको छ।
https://youtu.be/ZG4JQX4BO9A
यसका साथै गुगल म्याप्सको जानकारीमा समेत केहि परिवर्तन भएको छ। यसको बटममा दुईवटा ट्याव–कन्ट्रिब्यूट र अपडेट छ भने त्यसमा रहेको फर यू ट्यावलाई सेभ्ड ट्याबमा परिर्वतन गरिएको छ।
कम्पनीले म्याप्समा अगमेन्टेड रियालिटी लाइभ भ्यू फीचर पनि प्रदान गरेको छ। जसको माध्यमबाट अब लोकेशन थ्रीडिमा अन नहुँदा पनि सजिलै अगमेन्टेड रियालिटीको रुपमा देखिने कम्पनीले जनाएको छ।
नयाँ अपडेटको रुपमा सार्वजनिक यातायातमा क्राउड बाहेक टेम्प्रेचर र भेहिकल चेयर एक्सेसिबिलिटी जस्ताको जानकारी पनि अपलोड गर्न सकिने भएको छ।