विराटनगर– विराटनगरमा युवतीको शव फेला परेको छ। विराटनगर महानगरपालिका-१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो।
अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला परेको हो।
शवको पहिचान खुलेको छैन।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।