एजेन्सी – हिरो इलेक्ट्रीकले अटो एक्स्पो २०२० मा आफ्नो नयाँ तिन पाङ्ग्रे स्कुटर सार्वजनिक गरेको छ। सार्वजनिक भएको केहि समयमा नै चर्चाको शिखरमा पुगेको यो स्कुटरको नाम एई–३ राखेको छ। यो भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीको पहिलो तिन पाङ्ग्रे उत्पादनको रुपमा बजारमा आएको हो।
निकै स्टाइीलस देखिने यो स्कुटरमा ३ किलोवाट क्षमताको मोटर र २.४ किलोवाट आवरको व्याट्री प्रयोग गरीएको छ। लिथियम आयोन व्याट्री प्याकको साथ आएको यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटर चलाउन सकिने कम्पनीको दावी रहेको छ।
यसको टप स्पीड भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ। जसमा स्मार्ट फोन कनेक्टीभिटी, जीपीएस, रियल टाइम ट्रयाकिङ जस्ता फिचरहरु पनि उपलब्ध रहेको छ। यद्यपी कम्पनीले यसकाे मूल्य सम्बन्धी कुनै जानकारी भने दिएकाे छैन्।