एजेन्सी– हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ जेनेरेशन सार्वजनिक गरेको छ। अटो एक्स्पो २०२०मा प्रर्दशन गरिएको सो कार बलिउड सुपरस्टार शाहरुख खानले सार्वजनिक गरेका हुन्।
अहिले बिक्री भइरहेको माेडललाई निकै परिमार्जन गरी बनाएकाे यो दोस्रो जेनेरेशन क्रेटा आगामी मार्चबाट बिक्री सुरु हुने कम्पनीले जनाएको छ। नयाँ क्रेटाको अगाडिको भागमा सिग्नचर कास्केडिङ ग्रिल, एलइडी लाईट, स्प्लीट हेडल्याम्प, नयाँ डिजाइनको फगल्याम्प र नयाँ टेलगेटको प्रयोग गरिएको छ।
१.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिमा आउने नयाँ क्रेटा १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि उपलब्ध रहको छ। साथै यसलाई अटोमेटिक र म्यानुयल दुबै अप्सनमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।
यद्यपी अहिले अटो एक्स्पो २०२० मा शोकेस गरिएको क्रेटामा भित्री आवरणबारे भने कुनै जानकारी दिएको छैन।