एजेन्सी – रेसायुक्त खानेकुराले पाचन प्रणालीमा आउने समस्यालाई टाढा राख्छ भने, कोलेस्ट्रोल, रक्तचाप र मोटोपनालाई समेत नियन्त्रणमा राख्दछ। रेसायुक्त आहार बिरुवाबाट पाइने खानेकुरा जस्तै अन्न, गेडागुडी र फलफूल आदिमा बढी पाइन्छ।
एक अध्ययनका अनुसार रेसायुक्त खानेकुरा खाने व्यक्तिहरू मृत्यु र दीर्घकालीन रोगको १५ देखि ३० प्रतिशतले कम जोखिममा रहन्छन्। यस किसिमको खानेकुरा सेवन गर्दा ३० प्रतिशतले हृदय र मस्तिष्काघात, १६ प्रतिशतले ‘टाइप–२’ मधुमेह र ३० प्रतिशतले हृदयरोगको सङ्क्रमणबाट हुने मृत्युको जोखिम कम गर्छ।
विश्वभर प्रतिव्यक्तिले दिनको २० ग्राम रेसायुक्त खानेकुरा खाने गरेको पाइन्छ। भने यी रोगको जोखिमबाट बच्न कम्तीमा २५ देखि २९ ग्राम रेसायुक्त खानेकुरा खान जरुरी हुन्छ भने बढी खाँदा अझ फाइदा हुन्छ।