काठमाडाैं– ११ फेब्रुअरी २०२० मा पाटनस्थित कृष्ण मन्दिरमा सुरक्षित इन्टरनेट दिवस–२०२० मनाइँदै छ। सन् २०१९ बाट नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो।
राम्रो इन्टरनेटका लागि एकता भन्ने नारा सहित यो पटक चाइल्ड सेफ नेटले कार्यक्रमको आयोजना गर्ने भएकाे छ। उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालमा इन्टरनेटलाई सुरक्षित र राम्रो बनाउनु रहेको छ। यस पटकको सुरक्षित इन्टरनेट दिवसलाई युरोपीएन आयोगले पनि साथ दिएको छ।
चाइल्ड सेफ नेट एउटा बालबालिका तथा युवालाई अनलाइमा सुरक्षित राख्नको लागि काम गरिरहेको संस्था हो। जसले इन्टरनेट तथा अनलाइन गेम सम्बन्धी लत, साइबर– बुलिङ, अनलाइन यौन दुर्व्यवहार तथा शोषण, फिसिङबाट बालबालिका तथा युवा वर्गलाई सुरक्षित राख्नका लागि इन्टरनेट तथा डिजिटल सामग्रीको सुरक्षित प्रयोगसम्बन्धमा चेतना जगाउन कार्य गर्दै आएकाे छ।