कठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० द्वारा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० बारे सुझाव दिन गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ।
सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आज साँझ बसेको कार्यदल बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको बैठकपछि कार्यदलका संयोजक एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई जानकारी दिए। उनले भने, “हामीहरु कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनाँै, हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छौँ।
कार्यदेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्र सकिएन भने पार्टीसँग कुरा गर्छौं भन्नुभयो। एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ। पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्नेछ।
नेकपाको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसिसी सम्झौताका सम्बन्धमा विभिन्न कोणबाट उठेका प्रश्न र एमसिसीलाई कसरी राष्ट्रहित अनुकूल बनाउने भन्ने सन्दर्भमा अध्ययन गरी सुझाव पेश गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुनुहुन्छ। उक्त कार्यदलको पहिलो बैठक यही माघ २० गते बसको थियो। रासस