बाग्लुङ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमानखोला गाउँपालिका–३ बुलबुलेमा भएको ट्र्याक्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्।
म्याग्दीको मालिका गाउँपालिका–२ देखि तमानखोला गाउँपालिका–१ को बोङ्गादोभान जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्र्याक्टर बिहीबार साँझ दुर्घटना भएको थियो।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिएका छन्। रासस