काठमाडौं– शनिबार काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बत्ति जाने भएको छ। आज पुल्चोक वितरण केन्द्रको पाटन कुपण्ठोल फिडरबाट विद्युत आपूर्तिमा अवरोध हुने जनाइएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज छवाहल, पाटन ढोका, नपाहिटी, कुम्भेश्वर, शंखमुल, धपागल तरकारी बजार, मंगल बजार, लगनखेलमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बत्ति जाने जनाइएको छ। प्राधिकरणका अनुसार पाटन कुपनडोल फिडरबाट वितरण ११ के भी लाइनमा सपोर्ट च्यानल राखिने भएकोले उक्त स्थानमा बत्ति जाने जनाइएको छ।