एजेन्सी– दिल्ली विधानसभा २०२० का लागि मतदान प्रकृया सुरु भएको छ। कुल ७० सिटका लागि दिल्लीमा विधानसभा निर्वाचनमा विभिन्न दलबाट ६ सय ७२ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन्।
एक करोड ४७ लाख मतदाता रहेको दिल्लीमा करिब ६६ लाख महिला छन्। पछिल्लो पटक दिल्लीमा विधानसभा निर्वाचन २०१५ मा भएको थियो।
जुन निर्वाचनमा आम आदमी पार्टी ९आप० ले कुल ७० सिटमध्ये ६७ सिटमा जित निकालेको थियो। सो निर्वाचनमा भारतीय सत्तारुढ दल भाजपाले ३ सिट जितेको थियो। भारतको इतिहाँस बोकेको काँग्रेसले भने उक्त निर्वाचनमा खाता पनि खोल्न सकेन।
यस पटकको निर्वाचनमा पनि मूख्य प्रतिस्पर्धा भाजपा र आपबीच हुने आंकलन गरिएको छ। तर काँग्रेसले भने यस पटकको निर्वाचन परिणाम उल्टिएर आफ्नो पोल्टामा आउने दाबी गरेको छ।