एजेन्सी– अभिनेता अजय देवगनको फिल्म ‘तान्हाजी’ ले अहिलेसम्म २ सय ५० करोड भारु कमाइसकेको छ। हालै प्रदर्शन भएको अजयको फिल्म ‘तान्हाजी’ सबैभन्दा धेरै कमाइ गर्ने १२ औं फिल्म बनेको छ।
फिल्मले मुम्बई सर्किटमा अझ राम्रो कमाइ गरेको छ। यहाँ फिल्मले १ सय ३२ करोड ५० लाख कमाइ गरेको छ। यो कमाइ आमिर खानको ‘दंगल’ भन्दा २८ करोड बढी हो।
फिल्मले चौथो हप्तासम्म आउँदा कुल २ सय ५० करोड २३ लाख भारु कमाइ गरेको छ। फिल्ममा अजय देवगन, काजोल, सैफ अली खान लगायतका कलाकारको अभिनय रहेको छ।