काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तगर्तको त्रिकोणात्मक सिरीजमा नेपाल आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो खेलमा ओमानसँग १८ रनले पराजित नेपाल अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
खराब शुरुवात गरेको नेपालले जारी अवस्थामा ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनाएको छ। जारी अवस्थामा नेपाललाई विनोद भण्डारी र कुशल मल्लले सम्हालिरहेका छन्।
नाजुक अवस्थामा रहेको नेपालको स्कोरलाई सम्मानजनक स्थितिमा लम्काइरहेका छन्। विनाेद व्यक्तिगत २५ र कुशल २७ रन बनाएर खेलिरहेका छन्।
नेपालका ओपनर सुबास खकुरेल ३ रनमा आउट भएका थिए भने कप्तान ज्ञानेन्द्र मल्ल ३९ बलमा २१ रन बनाउँदै पवेलियन फर्किए। त्यस्तै तेस्रो विकेटको रुपमा भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी डकआउट भए। त्यस्तै पारस खड्का १९ रनमा पवेलियन फर्किए भने आरिफ शेख २ रनमा आउट भए।