काठमाडौँ २७ माघ– चलचित्र ‘रुमालै छ चिनो’ को समावेश गीत सार्वजनिक भएको छ। दिनेश सिंह ठकुरीको निर्देशन रहेको ‘आमा नबस्नु पर्खेर’ बोलको गीत सार्वजनिक भएको हो। चलचित्र ज्योती फिल्मसको ब्यानरमा बनेको हो।
सार्वजनिक गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द रहेको छ। गीतमा सुशान्त कार्की, किशोर खतिवडा, संचिता लुईंटेल लगायतलाई देख्न सकिन्छ।
भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेको वीर गोर्खालीको कथामा तयार भएको यो चलचित्रले फागुन १० गतेलाई प्रदर्शन मिती तयार गरेको छ। गायक रेशम थापाको लेकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो चलचित्र निर्माण भएको हो। चलचित्रलाई बिनोद सापकोटाले छायाङ्कन गरेका छन्।
यस चलचित्रमा सुशान्त, संचिता,किशोर, अप्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ। त्यस्तै चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल, र राम प्रसाद पाण्डेको संयुक्त लगानी रहेको छ।
https://youtu.be/YVvswQ0grzg