एजेन्सी– पुलिसले एक यस्तो जोडीलाई पक्राउ गरेको छ जसले समुद्रमा यौनसम्बन्ध राख्नको लागि आफ्नी २ वर्षकी छोरीलाई घाँटीसम्म बालुवामा गाडेका थिए। यो घटना अर्जेन्टिनाको ब्युनस आयर्सको एक समुद्र किनारको हो।
द सनको रिपोर्ट अनुसार त्यतिबेला त्यहाँको तापक्रम ३५ डिग्री सेन्टिग्रेड थियो। पुलिसका अनुसार एक प्रत्यक्षदर्शीले इमरजेन्सी नम्बरमा फोन गरेर यसबारे जानकारी दिएका थिए। त्यतिबेला अत्याधिक गर्मी थियो र बच्चीलाई घाँटीसम्म बालुवामा गाडिएको थियो। सूचना पाएको करिब ४५ मिनेटपछि पुलिस अधिकारीले समुद्र किनार पुगेर बालिकाको उद्धार गरेका थिए। पुलिसका अनुसार बालिका अत्याधिक गर्मीले आत्तिएकी र भोकै थिइन्।
पुलिसले जोडीलाई गिरफ्तार गरेको छ। पुलिसका अनुसार महिलाको ब्यागबाट नशालु औषधी बरामद भएको छ। रिपोर्टका अनुसार महिला र पुरुष दुवैको उमेर २९ वर्ष रहेको छ। पुरुष अर्जेन्टिनाकै हुन् भने उनकी पत्नी प्रागकी हुन्। दुवैको नाम खुलासा गरिएको छैन। उनीहरुसँग अर्का पुरुष पनि थिए जो पुलिस आउनुभन्दा पहिल्यै भागे।