एजेन्सी– चीनको वुहानमा कोरोना भाइरसको कारण एक अमेरिकी नागरिकको मृत्यु भएको छ। कोरोनाको कारण चीन बाहिर ज्यान गुमाउने उनी पहिलो अमेरिकी नागरिक हुन्। ६० वर्षीय अमेरिकी नागरिकको चीनको वुहान अस्पतालमा मृत्यु भएको हो।
यसैबीच, जापानी विदेश मन्त्रालयले जनाए अनुसार, चीनको वुहानमा एक जापानी नागरिक कोरोना भाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको अनुमान गरिएको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ। यस बाहेक भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको चिनीयाँ सिटियनले उल्लेख गरेको छ।
कोरोना भाइरस फैलिन सक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका ३४ वर्षीय चिनियाँ चिकित्सक नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण मृत्यु भएको हो।