एजेन्सी– अनुसन्धानकर्ताहरुले एक विशेष प्रकारको प्लास्टिक पोलिमरबाट बनेको औंलाजत्रो ब्याट्री आविष्कार गरेका छन। अनुसन्धानकर्ताहरुको अनुसार यो व्याट्री रबरजस्तो तन्काउन र खुम्चाउन पनि मिल्छ र यसले परम्परागत ब्याट्रीको तुलनामा धेरै पावर समेत सेभ गर्छ।
आउँदा दिनमा यसलाई सेन्सरको रुपमा विकसित गरिने जनाइएको छ। जुन मानिसको अनुहारमा रहेर मुटुको धड्कनको निगरानी राख्न पनि सहयोगी साबित हुने छ।
अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीका शोधकर्ता र केमिकल इन्जिनियर झोनान बाओले शरिर अनुसार स्ट्रेच हुने र मोडिने ब्याट्री नरहेको अवस्थामा लचकदार व्याट्री बनाउन सफल भएको बताएका छन्।
हालको अध्ययनमा बैज्ञानिकहरुले एक पोलिमरलाई विकशित गरेका छन जुन सोलिड र स्ट्रेचेबल रहेको छ। यसमा लिकेजको खतरा निकै कम रहने दावी गरिएको छ। ल्याबमा गरेको परिक्षण अनुसार यसलाई वास्तविक लम्वाइभन्दा दुई गुणा सम्म तान्न, घुमाउन र घुमाएर पनि आउटपुट कायम राख्न सकिन्छ।