संखुवासभा– ट्याक्टर दुर्घटनामा परी संखुवासभाको खादबारीमा एकजनाको मृत्यु भएको छ।
शुक्रबार साँझ संखुवासभा खाँदबारी तल्लो पांमा स्थित नुम खाँदबारी सडक खण्डको ढाडे भिरमा ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा खोटाङ सुम्देल बस्ने २३ बर्षीय उचित राईको मृत्यु भएको हो।
ढुङगा बोकी खाँदबारी तर्फ आउँदै गरेको को १ त९१५३ नम्बरको ट्याक्टरको पछाडी डालाको दाहिने साईटको चक्का भाँचीएपछि जग लगाएर बनाउँदै गर्दा डाला लडेको थियो।
जग राखेको माटो भासिएपछि लडेको डालाले किच्दा सोहि ट्याक्टरका चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।