एजेन्सी, २७ माघ– बलिउड अभिनेता विक्की कौशलको चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’ ले रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा धमाका मच्चाइरहेको छ।
चलचित्रबाट विक्कीको चौतर्फी तारिफ भइरहेको छ भने अर्कोतिर चलचित्रको जोश अझैसम्म बक्सअफिसमा कायम छ। चलचित्र सत्य घटनामा आधारित हो।
चलचित्र समीक्षक तरण आदर्शका अनुसार, यस चलचित्रले बक्सअफिसमा दुई सय करोडको आँकडा पार गरेको छ। ४५ करोडमा बनेको चलचित्रले प्रदर्शनको २८ दिनमा दुई सय करोड कमाउन सफल भएको हो।
आदित्य धर निर्देशित यस चलचित्रमा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको अभिनय रहेको छ।
सन् २०१६ मा आतंककारीहरूले भारतीय सेनाको उरी क्याम्पमा आक्रमण गर्दा १९ जना सैनिकको ज्यान गएको थियो। यसको एक सातापछि पाकिस्तानको सीमा क्षेत्रमा पसेर भारतीय सेनाले सर्जिकल स्ट्राइक अपरेशन चलाएको थियो।
चलचित्रमा उरी मा यही कहानी देखाइएको छ।