एजेन्सी– अफगानिस्तानको नानगरहारमा अफगानी युनिफर्म लगाएका एक व्यक्तिले मशिनगन प्रहार गरी दुई अमेरिकी सैनिकको हत्या गरेको र ६ अन्यलाई घाइते बनाएको अमेरिकी सेनाले पुष्टि गरेको छ।
शनिवार नानगरहार प्रान्तमा अमेरिकी र अफगानी बलले संयुक्त कारवाही चलाएर फर्कंदै गर्दा घटना भएको अफगानिस्तानमा रहेको अमेरिकी सेनाका एक प्रवक्ताले बताए।
घाइते भएका सैनिकहरूलाई अमेरिकी अड्डामा उपचार गरिरहेको कर्नेल सोन्नी लेगेटले बताए। तर उनीहरूको अवस्थाका बारेमा उनले थप खुलाएनन्।
घटनाको बारेमा थप जानकारी संकलन गरिरहेको र किन घटना गराइएको हो भन्ने खोजी गरिएको उनले जानकारी दिए।