एजेन्सी– बाहुबलीमा देवसेनाको भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री अनुष्का शेट्टी व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन्।
पहिले उनको नाम बाहुबलीमा उनका सहकर्मी प्रभाससँग जोडिएको थियो। तर प्रभासले २०१९ मा कफी विथ करणमा करण जौहरसँग कुराकानीको क्रममा यी हल्लाहरुमाथि पूर्णविराम लगाइदिएका थिए।
पछिल्लो समय अनुष्काको बिहेको चर्चा छ। उनको नाम एक भारतीय क्रिकेटरसँग जोडिएको छ। यी दुईले छिटै बिहे गर्ने पनि चर्चा छ। पिंकभिलाले अनुष्काले अहिले एक भारतीय क्रिकेटरसँग डेट गरिरहेको लेखेको छ।
अहिलेसम्म क्रिकेटरको नामको खुलासा भएको छैन। यद्यपि ती क्रिकेटर दक्षिण भारतका नभइ उत्तर भारतका भएको रिपोर्टमा दावी गरिएको छ।