ताप्लेजुङ – शनिबार सो गाउँपालिकाले शनिबार ती करार पदमा लिएको परीक्षामा जुम्लाका परीक्षार्थी समेत सहभागी भएका थिए। झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म आईपुगेका थिए। उनीसहित ९४ जना परीक्षामा सामेल भएका थिए।
‘जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र छ दिन जति लगाएर परीक्षा दिन आएको हुँ।’ उनले भने, परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट सहभागी थिए।
‘यति धेरै सङ्ख्यामा आवेदन पर्ला भन्ने हामीले सोचेका पनि थिएनौँ, जुम्लादेखिका परीक्षार्थीले समेत आवेदन दिइ परीक्षामा सहभागी हुनुभयो’, गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भने’, उनका अनुसार एक मेडिकल अधिकृत पद आह्वान गरिएकोमा आवेदन परेन। (रासस)