काठमाडौं– प्रायः मानिस दिउसोको समयमा काममा जाने हुँदा चाँडै घर बाहिर निस्कन्छन्। त्यसैले दिनभरिको कामको थकाइमा राति परिवारसँग बसेर भोजन गर्नुको छुट्टै आनन्द हुन्छ। तर राति खाइने डिनरमा पनि केही यस्ता नियमहरु छन्।
जुन सही समयमा खाने, हल्काफुल्का खाने र अरू केही कुरामा ध्यान दिएमा रामो हुन्छ। तर राति ढिलो खाना खाने गर्दा एसिडिटी बढ्ने सम्भावना बढी हुन्छ। राति आठ बजेपछि खाना खानु राम्रो होइन्, यसले अपन हुने र चाँडो निद्रा पनि नलाग्ने हुन्छ। राति बेस्सरी मसला हालेको खानेकुरा पनि खानु राम्रो होइन।
किनकी यसले कब्जियत, छाती पोल्ने र अपच जस्ता समस्या आउँछन्। खाना खाने क्रममा वा खाना खाएलगत्तै पानी नपिउनुस्, खाना खाएको आधा घन्टापछि मात्र पानी पिउनु राम्रो हुन्छ। राति हल्का भोजन गर्नुपर्छ, खाना खाएको दुई घन्टापछि सुत्नु राम्रो हुन्छ। थाकेर निद्रा लागेको छ भने, केही नखानुस्, दूध सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खानुस्।