काठमाडौं– दिमागको क्षमता अर्थात् सोच्ने शक्तिमा बिस्तारै कमी आउनु डिमेन्सिया हो। विश्वका मुलुकहरुमा अन्तर्राष्ट्रिय अध्ययनले जीवनशैलीमा गरिने हेरचाहले डिमेन्सियालाई हदसम्म रोक्न सक्ने दाबी गरेका छन्।
नेपाल जस्तो मुलुकहरुमा यो समस्या धेरै रहेको निष्कर्ष निकालिएकाे छ। सन् २०१५ मा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले गरेको अध्ययनले समेत यसको समस्या बढ्दो रुपमा रहेकाे जनाएका थिए।
यो रोग कम गर्ने तरिकाहरू
१. क्षमताको ख्याल गर्नुहोस्।
२. धुम्रपान रोक्नुहोस्।
३. डिप्रेसन कम गर्नुहोस्।
४. सामाजिक गतिविधिमा सहभागी हुनुहोस्।
५. रक्तचापको उपचार गर्नुहोस्।
६. स्वस्थ तौल।
कुनैपनि बिरामीहरु १५ वर्षसम्म विद्यालयमा नै बस्ने गर्छ भने त्यस्तो मानिसलाई डिमेन्सिया हुने सम्भावना ८ प्रतिशतसम्म कम हुन्छ। युनिभर्सिटी कलेज अफ लण्डनका प्रमुख प्राध्यापक गिल लिभिङ्ग्स्टनका अनुसार डिमेन्सियाको संकेत जीवनको उत्तरार्धमा पनि देख्न सकिन्छ। धुम्रपान त्याग्नेको ५ प्रतिशतले डिमेन्सियाको समस्यामा कटौती हुने गरेको छ।
सन् २०१५ सम्ममा डिमेन्शिया राेकथामको विश्वव्यापी ८ खर्ब १८ अर्ब रुपैयाँ डलर खर्च गरिएको थियो। सन् २००१ मा १५ लाख रहेको ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या सन् २०११ मा पुग्दा ९ प्रतिशतले बढेर २७ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ। नियमित जीवनशैलीमा परिवर्तन नल्याउने हो भने बुढेशकालमा डिमेन्सियाको समस्या बढ्ने गरेको बताइन्छ।