काठमाडौं– नेपालमा दैनिक क्यान्सरको कारणले ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ। नेपालमा मात्रै होइन विश्वमै क्यान्सरको कारण वर्षेनी लाखौँले ज्यान गुमाउने गरेको पाइएको छ। क्यान्सर मानव शरीरमा जतिबेला पनि लाग्न सक्छ। तर क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘समयमै क्यान्सरलाई चिन्न सके निको हुन्छ।’
के हो क्यान्सर ?
कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ। क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ। मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। त्यहि कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ।
जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ, जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै कोषिकाहरु बढ्नु भनेको क्यान्सर हुनु हो। क्यान्सर शरीरको जुन पनि भागमा हुन सक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।
डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। एक्यूट ब्लड क्यान्सरलाई भने किमोथेरापी नै दिनुपर्ने हुन्छ। क्यान्सर मात्रै होइन कुनै पनि रोग सुरुमानै पत्ता लगाउँदा कम खर्चिलोका साथै उपचारमा पनि सहज हुन्छ। ढिलो भएर रोग फैलिसक्दा गाह्रो हुन्छ।
ब्लड क्यान्सरका लक्षणहरु
यो कारणले क्यान्सर हुन्छ भन्ने कुनै पनि तथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन। सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई मात्रै होइन अरुलाई पनि क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। जुन परिवारका सदस्यहरुमा क्यान्सर भएको छ त्यस्ता परिवारका व्यक्तिहरुले क्यान्सरको नियमित परीक्षण गर्न जरुरी हुन्छ। ब्लड क्यान्सर समयमानै पत्ता लगाउन नसक्दा गिजा, नाक, कानबाट पनि रगत बग्नसक्ने सम्भावना हुन्छ।
आत्मविश्वास नै औषधि
जुनसुकै क्यान्सर लाग्ने बिरामीले पनि म रोगलाई जित्छु, निको हुन्छु भन्ने आत्मविश्वास बढाउन सके त्यस्ता बिरामीलाई औषधिले छिटो छुन्छ। यस्ता बिरामी अरु बिरामी भन्दा छिटो निको पनि हुन्छन्। त्यसैले आत्मविश्वास ठूलो औषधि हो।
क्यान्सर लागेको बिरामीलाई आत्मविश्वास बढाउनको लागि परिवारको ठूलो भूमिका हुन्छ। अन्य देशमा बिरामीलाई रोगको अवस्था, कुन अवस्थामा छ र कति खर्च लाग्छ भनेर चिकित्सक आफैले भन्ने गर्छन्।
तर नेपालको सन्दर्भमा भने ९५ प्रतिशत क्यान्सर गोप्य राखिन्छ। आफन्तले बिरामीलाई नभन्न अनुरोध गर्छन्। तर जुन बिरामीले आफ्नो रोगको बारेमा थाहा पाउँछन् त्यो बिरामीले रोगसँग लड्ने क्षमताको विकास पनि गर्न सक्छ।
यस बाट कसरी बच्ने ?
विश्व स्वास्थ्य संगठनले ५० प्रतिशत क्यान्सर हाम्रो दैनिक जीवनयापनमा भरपर्ने कुरा हो भनेर प्रमाणित गरिसकेको छ। त्यसैले सामान्य तरिका अपनाए क्यान्सरबाट बच्न सकिन्छ। जस्तैः
रातो र सेतो मासु खाने,
मादक पदार्थ सेवन नगर्ने
सूर्तिजन्य पदार्थ सेवन नगर्ने
केमिकल हालेको खानेकुरा नखाने
प्राकृतिक खाना खाने
नुन धेरै नखाने
ढुसी परेको खानेकुरा नखाने र
साकाहारी बन्न जोड दिने।