काठमाडौं– स–साना खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउनका लागि ‘अजिनामोटो’ को प्रयोग गरिन्छ। सेतो मसला भनिने ‘अजिनामोटो’ वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ।
चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका लागि धेरै हानिकारक छ। खानामा मिसाएपछि पग्लिने ‘अजिनामोटो’ यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाई दिन्छ। याे खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइन्छ। मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्तै हानिकारक छ।
– अजिनामोटोयुक्त खानेकुरा खाँदा रगतमा ग्लुटामेटको स्तर बढ्छ भने, मुख्य अंगको कार्यक्षमतालाई कमजोर बनाई दिन्छ। यसले आँखाको रेटिनामा नोक्सान पुर्याउँछ र मस्तिष्कको न्यूरोन्समा असर गर्छ, प्रजनन् क्षमता कमजोर बनाई गर्भवती र गर्भको बच्चाबीच खाद्य आपूर्तीमा समेत अवरोध पैदा गर्छ।
- शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ। यसका साथै क्यान्सरको जोखिम पनि बढाउँदछ। अजिनामोटोले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने, शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ। त्यसैले ‘अजिनोमोटो’ हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो हुँदैन।