ललितपुर– लतिलपुरको सानेपाबाट -१४ जुवाडे पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-२ सानेपास्थित बिष्णु बहादुर तण्डुकारको टहरामा जुवातास खेलिरहेको अवस्थामा रौतहट घर भएका ४० वर्षीय मनोज साह रौनियार सहित १४ जना पक्राउ परेका हुन।
उनीहरुको साथबाट १ लाख २६ हजार ७ सय ७ रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।