काठमाडौं– आँखा हाम्रो शरीरको एक महत्वपुर्ण र संबेदनशील अंग हो। त्यसैले यसको हेरचाह पनि हामीले उचित किसिमले गर्नुपर्दछ। आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ। त्यसैले आँखामा औषधिको प्रयोग गर्दा निम्नलिखित कुराहरुमा कुरामा सचेत रहनुपर्छ।
१.साबुन पानीले राम्ररी हात धुने।
२.टाउकोलाई पछाडि ढल्काउने।
३. हातको औलाले आँखाको तत्लो भागलाई हल्का तल तानेर औषधि थोपा हाल्नका लागि ठाउँ बनाउने।
४. अर्को हातले औषधिको बोतल लिने र बोतलको टुप्पोलाई आँखा नजिक लान।
५. बोतललाई बिस्तारै थिचेर औषधिको थोपालाई आँखाको तल्लो भाग तानेर बनाएको ठाउमा लगाउने।
६. दुईतीन मिनेटसम्म आँखालाई बन्द राखेर भुईतिर निहुरिने।
७. आँखाको भित्री कुनालाई बिस्तारै थिच्ने।
८. आँखा बाहिर परेको औषधिलाई सफा कपडाले पुछ्ने।
९. औषधि आँखामा लगाउनु परेमा पहिलो औषधि प्रयोग गरेको ५ मिनेटपछि मात्र दोस्रो औषधि प्रयोग गर्ने।
१०. बोतलाई राम्ररी बन्द गर्ने।
११. औषधि प्रयोग गरेपछि हात राम्ररी धुने।