काभ्रे– सिस्नुलाई गाउँघरतिर त्यति महत्व दिदैनन्। किनभने प्राय गाउँघरतिर यो अधिक मात्रामा पाईन्छ। नजिकको तिर्थ हेला भने झैं यसलाई त्यति महत्व दिईदैन। काठमाडौं सँगै जोडिएको छिमेकी जिल्ला काभ्रेममा यो अत्याधिक मात्रामा पाईन्छ।
सिस्नु स्वाथ्यका लागि एकदमै फाइदा जनक छ। विशेषत सुगर, प्रेशर र थाईराईडका विरामीका लागि यो एकदमै महत्वपुर्ण छ। काभ्रे जिल्लाको चौंरीदेउराली गा.पा.मा सिस्नु लिनका लागि दिनप्रतिदिन काठमाडौं बासीन्दाहरु आउँने गरेका छन्।
यहाँका स्थानीय बासीहरुले त्यति महत्व नदिएका कारण केही समय अगाडि काठमाडौं तिर स्थायी बसोवास सरिसकेका व्यक्तिहरुले यसलाई राम्रो सदुपयोगमा गरिरहेका छन्। बाटोघाटो र खोलाहरुमा त्यतिकै खेर जाने कुरालाई यहाँ भूतपूर्व गाउँलेबासीहरु अहिले गाउँसम्म पुग्ने गरेका छन्।
करिब १५ बर्ष अगाडिदेखि यो ठाउँबाट काठमाडौं बसाईँ सरेकी शान्तमाया चौलागाँई र नन्दमाया चौलागाँई काठमाडौंमा पाईदैन। त्यसैले आफ्नो गाउँघरमा आएर आफन्तलाई भेटघाट गर्दै सकेको सिस्नु काठमाडौं लिनलाई तयार गरेको बताउँछिन्। हातमा रवरको पञ्जा र हसिया समातेकी शान्तमाया प्रेशरको रोगी भएको कारण सिस्नु लिएर सुकाएर राख्ने र धुलो बनाएर १ बर्षसम्म पनि यसलाई खान सकिने बताउँछिन्।