काठमाडौं– पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ। मोटोपन स्वास्थ्यको लागि राम्रो होइन। आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि फाइदाजनक मानिदैन। त्यसैले त मोटोपनकै कारणले विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन्। भने चिन्ता लिने गरेकाे पनि पाइन्छ।
तौल घटाउदा ध्यान दिनुपर्ने कुराहरु
१. जिरो क्यालोरी डाइट
तौल घटाउने नाममा कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ । जुनस्वास्थ्यको लागि हानिकारक हुन सक्छ।
२. औषधी
तौल घटाउन कहिलेकाहि हामीले औषधी तथा पिल्स खाने गर्छौ। यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ। सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि आवश्यक पर्छ।
३. खाना छोड्ने
लामो समय भोकभोकै बस्नु बेकार छ। यसले मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरिर आलस्य बनाउँछ।
४. वान्ता जबर्जस्ती गर्ने
मन लागेको खानेकुरा खाएर भोक मेटेपछि केही बेरमै जवरजस्ती मुखमा औंलाकोचारेर वान्ता गरी क्यालोरी फालेको पाइन्छ। यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ।
५. पखलालाग्ने औषधि
पाचनपक्रियामा गडबढी गरी शौचालयजाने विधि धेरैले प्रयोग गरेका हुन्छ। तर औषधीको प्रयोगले पाचन प्रणालीलाई कमजोर पार्नुका साथै पेटसँग सम्बन्धित अन्य समस्या उत्पन्न हुनसक्छ।
६. धुमपान
धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्ने गर्छ। चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै असर पर्दैन। लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ।
७. अत्यधिक व्यायम
व्यायायमको परिणामले शरिरलाई घाइते बनाउछ। अत्यधिक व्यायमले मुटुमा असर गर्न सक्छ। बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरिरलाई फाइदा हुन्छ।